काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई एक साताभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेको छ ।
एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी यसपालि पहिलो पटक निर्वाचनमा सहभागी भएको हो। सत्ता गठबन्धनमा रहेको समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयर जितेको छ। भने देशभर प्रमुख पदमा २० जना र उपप्रमुख पदमा २४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।
बुधबार महासचिव बेदुराम भुसालले सर्कुलर जारी गर्दै पार्टीकातर्फबाट उम्मेदवार बनेर निर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन गरेका हुन् ।
भुसालले जनताले ठूलो विश्वास गरी मत दिएकाले जनताको विश्वासप्रति सधैँ इमानदार रहन भनेका छन् । ‘जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुहोला। निर्वाचनका बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नुहोला,’ सर्कुलरमा भनिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar