कियभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।
डाभोसमा जारी विश्व आर्थिक मञ्चको सम्मेलनलाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेनी जनताको रक्षा गर्नका लागी युद्ध अन्त्य गर्ने विषयमा रुसी राष्ट्रपतिसंग भेटेर माफी माग्न चाहेको बताएका हुन् । रुसी सेनाले सर्वसाधारणलाई गर्ने व्यवहारका कारण वार्ताको व्यवस्था गर्नु झनै कठिन भएको बताँउदै जेलेन्स्कीले युक्रेनले रुसी सर्वसाधारणलाई निशाना नबनाएको बरु रुसी सैन्य क्षमतालाई ह्रास गर्न कारबाही गरिएको दाबी समेत गरे ।
जेलेन्स्कीले उक्त विषयमा यसअघीनै रुसी प्रतिनिधीसंग गोप्य सल्लाह गरेकोसमेत बताएका छन् । रुसी प्रतिनिधीले पनि बार्ताका लागी आफुहरु तयार रहेको बताएको दावी गरेका छन् । ‘यस बारेमा रुसी संघका अध्यक्षले निर्णय गर्नुहुन्छ’, वार्तातर्फ संकेत गर्दै जेलेन्स्कीले दोभाषेमार्फत् भने, ‘यदि हामी व्यक्तिगत रुपमा उहाँबिना यो युद्ध समाप्त गर्ने कुरा गर्दै छौँ भने त्यो निर्णय लिन सकिँदैन । ’
युद्धको सुरुवातमा रूसी सेनाले कब्जा गरेको क्षेत्रहरू विशेषगरी राजधानी कियभ बाहिर रुसी सेनाको तर्फबाट भएका सामूहिक हत्याले वार्तालाई व्यवस्थित गर्न गाह्रो बनाएको जेलेन्स्कीको दावी थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar