धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।
आइतबार बिहान सार्वजनिक भएको अन्तिम परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले सत्ता गठबन्धनतर्फका नेपाली काँग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयरमा निर्वाचित् भएका हुन् ।
निर्वाचन कार्यालयका अनुसार हमालले २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयर समेत रहेका वडले १४ हजार १४६ मत पाएका छन्। हमाललाई राप्रपा र विवेकशील साझाले समर्थन थियो भने काँग्रेसका वडलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ थियो । तर हमालले वडलाई १२,२९७ मतान्तरले पराजित गरेका हुन् ।
०७४ को निर्वाचनमा वडसँग हमाल २,७९७ मतले पराजित भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar