धादिङ – धादिङको गजुरी गाउँपालिका स्थित वडा नम्बर ८ किरान्चोकमा पुन मतदान हुनुपर्ने माग गरिएको छ ।समय छदाँछदै मतदान गर्न नदिई मतदातालाई वञ्चित गरेको भन्दै पुन मतदानको माग गरिएको हो ।
पुन मतदान गर्दै एमाले, एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टाछुट्टै निवेदन दर्ता गराएका छन् । राती १२ बजे आसपासको सयममा बसेको सर्वदलिय बैठकमा जुटेको सहमति अनुसार निर्वाचन आयोगमा लेखि पठाउने सहमति भएको निर्वाचन अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।
मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाता फोटो सहितको मतदाता परिचय बनाउदाँ निर्वाचन आयोगले दिएको अर्धकट्टि लिएर गएको मतदातालाई मतदान गर्न नदिएपछि उत्पन्न विवादपछि मतपेटीका तोडफोड भएको छ । गजुरी गाँउपालिका वडा नं. ८ वडा कार्यालय वरभन्ञ्याङ मतदान केन्द्रमा दिउँसो ४ बजेबाट शुरु भएको विवाद ४ बजेर १५ मिनेटमा मतदाता मतपेटिका भएको स्थानमा पुगि तोडफोड गरेको थियो ।
तोडफोड गर्ने व्यक्ति भागेपछि प्रहरीले दुई राउण्ड हवाइफाइरिङ गरेको थियो । वाहिरी घेरामा रहेको नेपाल आर्मीले ४ बजेर ४० मिनेटमा मतदान केन्द्र नियन्त्रणमा लिएको थियो । नेपाल आर्मीले मतदान केन्द्रबाट मतदातालाइ टाढा जान भन्दै अटेर गरे गोली हान्न चेतावनी दिएकाे थियो ।
तर मतदाताहरु मतदान गर्न पाँउनु पर्ने माग राखि मतदान केन्द्रबाट ६० मिटर मित्र बसेर भोट हालेर मात्र घर जाने अडानमा थिए । राजनीति दलहरु एमाले, एकीकृत समाजदावादी र स्वतन्त्रका उम्मेदवारहरुले मतदान केन्द्रमा आएका मतदान गर्न वाँकी रहेका मतदाताहरुलाई ५ बजेसम्म लाइनमा बस्नेलाई मतदान गर्न दिनु पर्ने माग गरेका थिए । टेलिपत्रबाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar