यस पटकको स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू भएको छ ।
निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
मौन अवधी लागु भएपछि त्यो लागु भएको नभएको ब्यबहारिक कार्यन्वयनका लागि आयोगले अनुगमन संयन्त्र बनाएको छ। तर त्यो कति प्रभावकारी हुने हो भन्नेमा विगतका केही तिता प्रयोगले समेत प्रश्न उठाएको छ । नेपाल जस्तो विकासोन्मुख मुलुकाका लागि मौन अवधी बाँँदरलाई भर्याङ पो सावित हुने हो कि भन्नृ प्रश्न यठेको छ। मौन अवधीको सबै भन्दा खतराना क पक्ष भनेको आर्थिक चलखेल नै हो । यसलाई अनुगमनमा नियन्त्रण गर्न समेत कठिन बन्दै गएको छ । बिशेषगरी मौन अवधीमा भित्र भित्रै मत किन्ने खतरा पनि उतिकै छ। सम्बन्धित उम्मेदवारकोको स्थानीय एजेण्ट मार्फत यस्तो किनबेच हुने गरेकोले निर्वाचन आयोगको अनुगमन टोलीलाई यसको पहिचान गर्न कठिन बन्दै छ । त्यसैगरी टोल टोलमा राति राति आफन्तका नाममा मत प्राप्त गर्नका लागि धम्क्याउने र प्रभाव पार्ने काम समेत अर्को चुनौती र खतरा बन्दै छ ।
निर्वाचन। ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । तर त्यो कुन संयन्त्र बाट पत्ता लगाउने र यसको कसरी प्रमाणित गर्ने भन्ने पनि उत्तिकै खतरा उत्पन्न भएको छ । निर्वाचन उल्लंघनसम्बन्धी उजुरीको छानबिनका क्रममा ‘जाँचबुझ एवं अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिए त्यस्तो कार्य तुरुन्त रोक्न वा बदर गर्नका लागि आयोगले सम्बन्धित राजनीतिक दल, उम्मेदवार, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने’ उल्लेख छ । त्यस्तो आदेश अटेरी गरे उम्मेदवार वा संघसंस्थालाई सफाइको मौका पेस गर्न आदेश दिइनेछ र त्यसबाट चित्तबुझ्दो जवाफ नआए उम्मेदवारी रद्द र जरिवाना गरिनेछ ।
उपदफा ४ मा उम्मेदवारले आचारसंहिता उल्लंघन गर्दा निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्नेमा आयोग विश्वस्त भए स्पष्ट आधार र कारण खोलेर उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था छ । उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका भने दिनुपर्नेछ । तर कानूनमा यो राम्रो पक्ष छ। ब्यबहारमा तर ब्यबहारमा भोक लाग्यो भन्दैमा पूर्र्णीमाको चन्द्रमा चपाउने सुन्दर कल्पना जस्तै पो बन्ने हो कि भन्ने अर्को खतर।रा स।मेत उत्पन्न हुने गरेको छ ।
मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै संकेत अंकित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न आचारसंहिताले रोक लगाइएको छ । मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइने छैन् । कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामलगायतका सञ्जाल प्रयोग गरी तथ्यहीन सामग्री सम्प्रेषण गर्न पनि नपाइने आचार संहितामामा उल्लेख छ । जुन बिषय खुल्ला देखिने हुन् । खुल्ला देखिने बिषय नियन्त्रण गर्न वा अनुगमन गर्न कठिनाई हुने छैन् । तर भित्र भित्र हुने यसको उल्लघन खतरा र चुनौतीको अर्को बिषय बनेको छ ।
आचार संहिता तोड्दै गोरखामा छलफल तथा गोष्ठिमाओवादी केन्द्र निकट शिक्षक संगठनका सदस्य चुडामाणि खड्काले बुधबार मौन अििवधमा आचार संहिता विपरित छलफल गरेका छन् । उनले आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचनको लक्षित छलफल गरेका हुन् । निर्वाचन आचारसंहिता २०७९ अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाईँदैन ।
तर, सांसद खड्काले आचारसंहिता उल्लंघन गर्दै शिक्षक संगठनसँग छलफल गरेका हुन् । उनले आफ्नो फेसबुकमा ‘अखिल नेपाल शिक्षक संगठन गोरखाका शिक्षकहरूसँग निर्वाचनको विषयमा छलफल’ भन्दै फोटोहरू पोष्ट गरेका छन् । नमुना मतपत्र भित्र पैसाँ राखेर बाँड्ने पक्राउसिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका–२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।
उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले बताए । गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनः उम्मेदवार बनेका हुन् । चुनावका लागि बाँडदै गरेको रक्सी पक्राउकपिलवस्तु नगरपालिका – ३ सानो बर्गदहवाबाट प्रहरीले रक्सी बरामद गरेको छ । मतदातालाई बाँड्दै गरेको अवस्थामा बुधवार कपिलवस्तु प्रहरीले बरामद गरेको हो ।
लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले बाँड्न लागेको रक्सीसहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको छ । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताए ।
निवर्तमान वडाध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar