दाङ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट बिद्रोह गरी हिँडेका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
उनप् पोखराबाट सुर्खेत जाने क्रममा दाङको भालुवाङबाट पक्राउ परेका हुन् । उनी पक्राउ परेकाबारे प्रहरीले जानकारी दिएपनी के कारणले समातिएको हो भन्ने अझै नखुलेको उनी निकट एक नेताले जनाएका छन् । उता दाङ प्रहरी स्रोतले भने चुनाव बहिष्कार गरेको भन्दै पक्राउ गरेको जनाएको छ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही दिनअघि मात्रै फुटेर नेकपा बहुमत पार्टी गठन गरेका बास्तोलाले चुनावमा नगए पनि देशभक्त स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको एक नेताले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar