धादिङ – आसन्न स्थानीय तहको निर्वाचनको प्रचारमा नेपाली कांग्रेसका उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेका छन् । कांग्रेसको तर्फबाट नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्षका उम्मेदवार सीता गुरुङले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गरेकी हुन् ।
निर्वाचन आचारसंहिता विपरित उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेकी छन् । निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचारसंहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटो सहितको प्रचार व्यानर प्रयोग गरेकी छन् ।
निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ ।
कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar