पहिलो पटक अवशर पाएको छु , अवशरको सम्मान गर्छु
धादिङ – दक्षिणी धादिङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ साबिक निर्वाचन क्षेत्र ३ मा माओवादी भन्ने बित्तिकै सम्झिने नाम हो विवेक थपलिया । उनको वास्तविक नाम हो कृष्णबहादुर थपलिया ।
उनी युद्ध जितिसकेपछि विजय जुलुसमा सहभागी भएका माओवादी होइनन् बरु युद्धको नेतृत्व गरेर आएका कमान्डर हुन्न् । युद्ध कालमा गाउँ बस्ती टोल टोलमा माओवादको प्रचारप्रसार गर्न होस् या युद्ध समाप्ती पछि घाउहरूमा मलम लगाउन होस्, विवेक नै हाजिर हुन्थे र हुन्छन् । त्यसैले त त्यस क्षेत्रमा माओवादीको पर्यायवाची नाम विवेक थपलिया नै हो ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ साबिक धुषा गाविसमा जन्मिएका विवेक जनयुद्धको क्रममा राज्य पक्षबाट आफ्ना पिता, दाइ र भाइ मारिएपछि १२ वर्षकै उमेरमा राजनीतिमा होमिएका थिए । किशोर अवस्थामा प्रवेश गर्दै गर्दा आफ्ना बाबु दाजुभाइ गुमाउनु पर्दाको पिडाले उनको मनमा राज्यप्रति विद्रोहको भाव पैदा भयो । सोहि कारण उनी २०५४ सालदेखि जनयुद्धमा होमिए ।
सुरुमा राज्यले परिवारमाथि गरेको हमलाको विरुद्ध प्रतिकारमा उत्रिन उनी माओवादी बने । बिस्तारै माओवाद बुझ्दै गए र पछि नेपाली जनताका लागि माओवादी आवश्यक रहेको उनले बुझे । अनि तत्कालीन राज्य व्यवस्था परिवर्तन गर्न अती आवश्यक रहेको उनले थाहा पाए । अनि बन्दुकको गोलीबाट सत्ता प्राप्त हुने माओको सिद्धान्त उनले बुझे । विवेक भन्छन् – ‘राज्यले मेरो परिवारमाथि गरेको ज्यादती असह्य भयो, अनि युद्धमा होमिए । पछि बुझ्दै जाँदा माओवाद नेपालको माटोले मागेको थाहा पाए । अनि सधैँका लागि माओवादी बने ।
युद्ध कालमा नेपाली सेनाले बम प्रहार गरेर उडाइदिएपछि बाँकी रहेको भग्नावशेषसँगै जोडेर बनाइएको उनको झुपडीमा माओवादीका सुप्रिम कमान्डरहरूले वास बसेका छन् । चिनेका छन् । माओवादी सत्तामा पुगेपछि पटक पटक राज्यको कार्यकारी प्रमुख भइसकेकाहरूसँग विवेकको पनि राम्रै चिनजान छ ।
तर ती सम्बन्धलाई भने विवेकले व्यक्तिगत लाभ उठाउने अस्त्र कहिल्यै बनाएनन् । बरु आफ्नो गाउँ बस्तीमै रहेर निरन्तर लडिरहेछन् । जनताको हक अधिकारका लागि भने आफ्नै पार्टीको नेतृत्वमाथि नै प्रश्न गरिरहन्छन् विवेक । उनी भन्छन् – ‘म यहाँबाट सहर गएर कसको सेवा गर्ने ? म यही बस्छु, म गाउँमा जन्मेको मान्छे हुँ, गाउँकै सेवा गर्छु ।
आफू निर्णय गर्ने तहमा पुग्ने दिन आएको भन्दै उत्साहित हुँदै विवेकले भने – ‘म बेनीघाट रोराङ गाउँपालिकालाई विकसित र समृद्ध बनाउन चाहन्छु ।’ विवेक आफू गरिब परिवारबाट आएको बताउँदै गरिब जनताकै लागि काम गर्ने प्रतिबद्धता जनाँउछन् । उनले राजनीतिक दल र नेताहरूले दिएका झुटा आश्वासनबाट नेपाली जनता आजित भइसकेको दाबी गर्दै आफूले त्यस्ता झुटा आश्वासन नबाँड्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar