काठमाण्डौ – निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघनको विषयलाई लिएर शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन प्रयोजनका लागि आचारसंहिता जारी भइसकेको अवस्थामा आयोगको अनुमति नलिई अमेरिका भ्रमणमा गएको विषयलाई लिएर मन्त्री झाँक्रीलाई स्पष्टिकरण सोधिएको हो । निर्वाचन आचारसंहीता जारी भइसकेपछि मन्त्री झाँक्री अमेरिका भ्रमणमा गएकी थिइन् । मन्त्री झाँक्रीको विषयमा आयोगमा उजुरी परेको बताइएको छ ।
निर्वाचन आचारसंहीता लागू भएपछि सरकारी ओहोदामा बसेका कुनै पनि ब्यक्तिले विदेश भ्रमणमा जाँदा आयोगको अनुमति लिनुपर्ने प्रावधान छ । अमेरिका भ्रमणमा जानुअघि मन्त्री झाँक्रीले आयोगसँग अनुमति लिएकी थिइनन् । ‘आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन ।
उहाँ निर्वाचन आयोगसँग अनुमति त परैको कुरा, कुनै जानकारी पनि नदिई भ्रमणमा जानुभएको देखियो’, आयोगले भनेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar