धादिङ – नेपालको राजनितीक ईतिहाँसमा पंचायतकालदेखिनै धादिङ जिल्लाभर लोकतन्त्रको झण्डा उठाउने महिला हुन् सविता अर्याल । सोहि कारण उनि जिल्लाभर प्रख्यात राजनितिज्ञ महिलाको रुपमा प्रचलित् छिन् । पंचायतकालदेखी नै नेपालको राजनितीमा सक्रिय रहेकी उनि नलाङको भुमिमा लोकतन्त्रको झण्डा उठाउने प्रथम महिलासमेत हुन् ।
निर्दलीय पंचायती व्यवस्थाको अन्त्य र बहुदलीय व्वस्थाको पुर्नबहालिको लागि भएको जनआन्दोलनमा समेत उनले धादिङ जिल्लाकै अग्रभागमा उभिएर जन आन्दोलनको नेतृत्व गरेकी थिईन् । २०४२ सालमा नै तत्कालिन् नेकपा मालेमा संगठित भएकी उनी अनेमसंघको जिल्ला सहसचिव हुँदै राजनितिक अभियानमा अग्रमोर्चामा होमिएकि थिईन् । विं.सं. २०४५ साल पछी सक्रिय राजनितीसंगै पार्टी संगठन चलाउने अभियानका साथ शिक्षण पेशामासमेत लागेकी उनलाई जागिर सुरु गरेको केहि समयमै तात्कालिन पंचायति सरकारले कम्युनिष्ठ पार्टीमा लागेको भन्दै जागिरबाटै बञ्चित् गराएको थियो ।
पंचायति सरकारले कम्युनिष्ठ पार्टीमा लागेको कारण जागिरबाटै बञ्चित् गराएको भन्दै कम्युनिष्ठको राजनिती नगरे पुर्नबहालि गरिदिने आश्वासन दिएपनी उक्त लालचालाई बेवास्ता गर्दै उनि कम्युनिष्ठ पार्टीमा झन् झन् सक्रिय बनेको उनको ईतिहाँसले पुष्टी गर्दछ । पंचायति सरकारको त्यस किसिमको लालचालाई बेवास्ता गर्दै तात्कालिन् माले पार्टीमा सक्रिय रहेकी उनी विं.सं.२०४७ साल पछि खुल््ला परिबेशमा माले हँुदै एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ धादिङको नेतृत्व तहमा पुगेकी थिईन् ।
विं.सं.२०५० सालपछी स्थाई शिक्षकको नियुक्ति लिएर नलाङको सुन्दरिपानिमा अध्यापन गराउन थालेकि उनी शिक्षक आन्दोलनमा समेत सक्रिय भईन् । शिक्षकहरुको पेशागत हक हितको लागि शसक्त आन्दोलनको नेतृत्व गर्न सफल उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला उपाध्यक्ष हुदै शिक्षक युनियनको दुई कार्यकाल जिल्ला उपाध्यक्ष समेत भएर समग्र शिक्षक आन्दोलनको नेतृत्वकर्ताको रूपमा शसक्त भुमिका खेलेकी थिईन् ।
शिक्षण पेशासंगै राजनितीमा सक्रिय उनी तात्कालिन नेकपा एमालेको निर्बाचित जिल्ला कमिटि सदस्य र पछी नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछी पनि नेकपा ङको जिल्ला कमिटि सदस्य हुदै हाल नेकपा एकिकृत समाजबादिको बागमति प्रदेश कमिटिको सदस्य एबं अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुन । तत्कालिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संसद बिघटन गरेपछी प्रतिगमनको बिरुद्धमा अग्रगनको झण्डा उठाउने र आन्दोलनको अगुवाई गर्ने क्रममा पनि उनले धादिङमा उत्कृष्ठ भुमिका निभाएकी थिईन् ।
त्यस्तै राजनितीसंगै दर्जनौ सामाजिक संघ संस्थामासमेत रहेर सामाजिक अधिकारको अगुवाई गर्ने सामाजिक अभियान्ता र महिला अधिकारको लागि सामाजिक जागरणको अगुवाई गरेकी उनी शसक्त महिला अधिकारकर्मि समेत हुन् । आफ्नो छुट्टै पहिचान बनाउन सफल र जनमानसमा लोकपृय व्यक्तित्व बन्न सफल बनेकै कारण सबिता अर्याललाई स्थानिय तथा पार्टी जिल्ला कमिटीले पनि यसपटक हुने स्थानिय तह निर्वाचनमा सिध्ललेक गाउपालिकाको उपाध्यक्ष जस्तो गरिमामय पदमा उठाउने निर्णय गरेको छ ।
आम सिध्दलेक बासिले सवितालाई नै उपाध्यक्ष पदमा उठाउनुपर्ने माग गरेकै कारण पार्टी जिल्ला कमिटीले पनि उनलाई उपाध्यक्षको टिकट दिएको हो । पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले नेपाली काँग्रेससहितको गठबन्धनमार्फत् सर्वसम्मत रुपमा उनैलाई टिकट दिएपछी उनले नेकपा एकिकृत समाजबादिका तर्फबाट गाँउपालिकास्थीत् निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन गरेकी छिन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar