धादिङ – धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ मा वडाध्यक्षका उम्मेदवार बनेका भुवन त्रिपाठीविरुद्ध उजुरी परेको छ ।
उजुरीमा त्रिपाठीको उम्मेदवारी कानुन विपरीत रहेकोले खारेज गर्न माग गरिएको छ । त्रिपाठीविरुद्ध मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र जनता समाजवादीले संयुक्त रुपमा उजुरी दर्ता गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालय बेनिघाट रोराङले पनि एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदबार त्रिपाठीविरुद्ध उजुरी परेको पुष्टि गरेको छ ।
त्रिपाठी मुख्य संचालक रहेको मलेखुस्थीत् तेज एग्रिगेट क्रसर उद्योगले गत २०७३ सालदेखी राजश्व र जरिवानासहितको १ करोड १७ लाख ५२ हजार रुपैंया नतिरेको आरोपसहित उम्मेदवारी रद्ध हुनुपर्ने उल्लेख छ । हाल वडाध्यक्ष रहेका त्रिपाठीमाथी गत २०७३ सालमा सरकारी कागजात किर्ते गरेको आरोप छ ।
तेज एग्रिगेट क्रसर उद्योगले क्रसर आसपासको त्रिसुली नदि क्षेत्रमा अनाधिकृत ढंगले बगर खोतलेको आरोप छ । सोहि कारण उक्त क्रसरमाथी १ करोड १७ लाख ५१ हजार १६० रुपैया जरिवाना तोकेको छ । यद्धपी त्रिपाठीले भने शक्तिको पहुँचमा हालसम्म उक्त जरिवाना तिरेका छैनन् ।
त्रिपाठीविरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा पनि मुद्धा परेको छ । उता निर्वाचन अधिकृतको कार्यालयले पनि त्रिपाठीको उम्मेदवारी रद्धहुनसक्ने बताएको छ ।
उता जिल्ला प्रशासन कार्यालय धादिङले पनि वडाध्यक्ष त्रिपाठी मुख्य संचालक रहेको क्रसर उद्योगले हालसम्म उक्त रकम भुक्तानी गर नगरेकोबारे अनुसन्धान सुरु गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar