धादिङ – धादिङको सिद्धलेक गाँउपालिकामा स्वास्थ्यकर्मी मो.रकिम अंसारीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सिद्धलेकको वडा नं. ५ घर भई वडा नं. ६ स्थीत् कुम्पुर स्वास्थ्य चौकीमा कार्यरत् अंसारीले वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
पछिल्लो समय राजनितिमा सचेत युवा वर्गको हस्तक्षेप नभएकाले स्थानिय तहमा निर्वाचित् जनप्रतिनिधीहरुले भ्ष्टाचार गर्ने र कर्मचारीतन्त्रलाई सताउने गर्ने गरेको भन्दै त्यस्तो प्रथाको अन्त्य गर्न आफु स्वास्थ्यकर्मीबाट राजीनामा दिएर स्वतन्त्र तर्फबाट वडाध्यक्षका लागी उम्मेदवारी दिएको अंसारीले बताए ।
अंसारी सिद्धलेकमा प्रख्यात् व्यक्तीसमेत हुन् । उनको उम्मेदवारीको विषयलाई लिएर अहिले सिद्धलेकमा आम चासोका साथ हेरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar