धादिङ – धादिङको थाँक्रे गाँउपालिकामा स्थानीय तहको निर्वाचनका लागी गाँउपालिका अध्यक्षमा एमालेको तर्फबाट २ जनाको उम्मेद्धारी परेपछि स्थीती तनावग्रस्त भएको छ ।
गाँउपालिका अध्यक्षमा एमालेबाट सुरुमा कृष्ण पन्तले उम्मेद्धारी दिएपनि त्यसलगतै रामकुमार आचार्यले समेत उम्मेद्धारी दिएपछि स्थीती तनावग्रस्त बनेको हो । पन्तको उम्मेद्धारी लगत्तै निवर्तमान गाँउपालिका अध्यक्षसमेत रहेका आचार्यले पनि उम्मेद्धारी दिएपछी अहिले एमाले कार्यकर्ताले थाक्रे गाँउपालिका निर्वाचन कार्यालय घेराउ गरेको छ ।
कार्यकर्ताहरुले निर्वाचन अधिकृतको कार्यालयमा पन्तको उम्मेद्धारीलाई बैधानिक गर्नुपर्ने मागसहित यतिबेला धर्ना र जुलुस गरिरहेका छन् ।
आजै थाक्रेमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामप्रसाद बिडारीले अध्यक्षमा उम्मेद्धारी दिएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका नेता जिन्दगी थापाले उम्मेद्धारी दिएका छन् ।
उता निर्वाचन अधिकृतको कार्यालय थाक्रेका प्रमुख महेन्द्रप्रसाद साँखीले भने उक्त बिषयमा छलफल गर्ने तयारी भएको जानकारी दिएका छन् । उनले भने – ‘एमालेबाटै दुईजना उम्मेदवार आउनुभयो, आधिकारिक हस्ताक्षरसहित दर्ता भएको छ । यतिबेला असन्त्ष्ट पक्षले दुईवटा दर्ता किन गरिस् भनेर आन्दोलन गरिरहनुभएको छ, आज उम्मेदवारी दर्ता लिने निर्वाचनको काम हो, हामी आज परेको मनोनयनलाई सिल गरेर निर्वाचन आयोगमा पठाउछौँ । बैधानिकताको विषयमा आयोगले अहिलेसम्म निर्णय गरेको छैन्, म आयोगलाई लेखी पठाउछु, आज त उम्मेदवारी लिने मात्रै हो, भोली दावी–विरोध,पर्सी जाँचबुज,छानविन र उम्मेदवारी फिर्ता अनि अन्तिम नामावली हो । त्यतीबेला एउटा दलको एउटा पदमा एक उम्मेदवार हुन्छ । उहाँहरुको मागचाँही आजै खारेज हुनपर्छ भन्ने हो ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar