धादिङ – धादिङको गजुरी गाउँपालिकास्थीत् वडा नं. २ को वडाध्यक्ष पदमा सुमन खरेलले पनि उम्मेद्वारी दर्ता गराएका छन् ।
खरेलले हिजो (आइतवार) निर्वाचन अधिकृतको कार्यालय गजुरीमा पुगेर स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् । ‘शिक्षित वर्गको चाहना, अशिक्षित वर्गको माग, गजुरी २ समग्र विकासको लागि स्वतन्त्र उम्मेदवारलाई छाप’ भन्ने नारासहित खरेलले वडाध्यक्षमा उम्मेद्वारी दर्ता गराएका छन् ।
राजनितिमा सचेत युवा वर्गको हस्तक्षेप नभएकाले नै देशको यो अवस्था आएको भन्दै खरेलले युवा हस्तक्षेप देखाउनको लागि सचेत युवा वर्गलाइ राजनिति प्रति आकर्षिक गराउन आफुले उम्मेद्वारी दिएको बताएका छन् । उनले भने – ‘आफ्नो व्यक्तिगत स्वार्थलाई छोडेर दलिय झण्डा नबोकी रास्ट्रको झण्डा बोक्न अभिप्रेरित गर्ने एक युवालाई सबैले साथ र सहयोग दिनुहुनेछ भन्नेमा विश्वस्त छु’ आचार्यले भने, ‘परिवर्त अव युवाबाट मात्रै सम्भव छ, म परिवर्तनका स्पष्ट एजेण्डाहरु साथ चुनावमा होमिएको छु ।’
उम्मेद्वारी दर्ता गर्न खरेल राष्ट्रिय झण्डासहित मोटरसाईकल चढी निर्वाचन अधिकृतको कार्यालय गजुरी पुगेका थिए ।
खरेल नेकपा एमाले निकट अगुवा कार्यकर्तासमेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar