काठमाण्डौ – नेपाली काँग्रेसले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई परमादेशबाट जन्मिएको आरोप लगाएको छ ।
आईतबार स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र माओवादी केन्द्र सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको पार्टी भएको जनाएको हो । काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला ?’
वर्तमान सरकारलाई एमालेले ‘परमादेशको सरकार’ भन्दै आएको सन्दर्भमा काँग्रेसले एमालेमाथि यस्तो टिप्पणी गरेको हो । ‘संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्रीसमेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन,’ सङ्कल्प पुस्तिकामा भनिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar