धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी उम्मेदवारको टुंगो लगाउन धादिङमा नेकपा एमालेलाई सकश भएको छ ।
गत केहि दिनअघी देखी शंघर्षरत् एमालेलाई निर्वाचनमा उम्मेदवार हुन आकांक्षा राख्नेको संख्या बढ्दै जाँदा सकश थपिएको हो । उम्मेदवारको टुंगो लगाउने विषयमा शंघर्षरत् एमाले धादिङले उम्मेदवारी मनोनयन गर्ने दिन आज आईतवारसम्म जिल्लाको तीन वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
जिल्लाको गल्छी, सिद्धलेक र गंगाजमुना गाउँपालिकामा उम्मेदवार टुङ्गाएको एक एमाले नेताले जानकारी दिए । उनका अनुसार गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा र उपाध्यक्षमा राधा तिमिल्सीनालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । खतिवडा २०५४ सालमा एमालेबाट निर्वाचित कल्लेरी गाउँ विकास समिति अध्यक्ष एवम् गल्छी गाउँ कमिटका अध्यक्ष हुन् भने तिमिल्सीना यसअघि गल्छी गाउँपालिकाका निर्वाचित उपाध्यक्ष हुन् ।
त्यस्तै सिद्धलेक गाउँपालिका अध्यक्षमा पुनः प्रेमनाथ सिलवाल र उपाध्यक्षमा कमला शर्मा उम्मेदवार बन्ने भएका छन् । यसअघि पनि अध्यक्ष र उपाध्यक्ष भएर ५ वर्षीय कार्यकाल पूरा गरेका सिलवाल र शर्मा नै यसपटक पनि उम्मेदवार बनेका छन् । त्यस्तै गंगाजमुना गाउँपालिका अध्यक्षमा भक्तबहादुर लामिछाने र उपाध्यक्षमा एन्जीला तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने गाउँ कमिटिले निर्णय गरेको छ । लामिछाने वडा अध्यक्ष हुन् भने तामाङ गाउँपालिका उपाध्यक्ष हुन् ।
त्यस्तै एमालेले केही वडाहरुको उम्मेदरवारसमेत टुङगो लगाएको छ । अन्य स्थानीय तह र वडाहरुको उम्मेदवार बेलुकासम्ममा टुंगो लगाउने नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिइन् । आकांक्षी धेरै भएका कारण उम्मेदवार टुंगो लगाउन सकस परेको बताइएको छ । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ता तोकिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar