काठमाण्डौ – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारहरु टुङ्ग्याएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि गठबन्धनले गरेको भागवण्डामा दुवै दलले आ आफ्नो भागमा परेका सबै महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुख पदको उम्मेदवार टुंगो लगाएको हो । समाजवादीले पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार धनराज आचार्यलाई बनाउने घोषणा गरेको छ। आकांक्षी ६ जनाको नाम सिफारिस भए पनि शनिबार पार्टीले आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
त्यस्तै समाजवादीको भागमा परेको काठमाडौं महानगरपालिकाको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसैगरी बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपप्रमुख जोगबहादुर राना र इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय समाजवादीले गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १ १ जना सहित उपमहानगरमा मेयर र उपमेयर २ २ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ । धनगढी उपमहानगरको उप मेयरमा शान्ति अधिकारी र धरान उपमेयरमा अइन्द्रविक्रम मेघा, सूर्यबहादुर भट्टराई, उद्धबहादुर लिम्बु छन् । तर धरानको मेयरमा मेघा नै उपमेयरको उम्मेदवार हुनसक्ने माओवादी पार्टीका नेताहरुले बताएका छन् । माओवादीले अरु प्रदेश र जिल्लाको आवश्यकतामा चुनावी तालमेल गरेको छ । कतै माओवादी र काँग्रेस कतै एकीकृत समाजवादी र माओवादीबीच तालमेल भएको छ ।
कतिपय स्थानीय तहमा माओवादीले एकल प्रतिष्पर्धा पनि गरेको छ । आइतबार दिउँसोसम्म माओवादीले सबै स्थानीय तहका उम्मेदवारको टुंगो लगाइसक्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar