प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए । विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए ।
शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।