काठमाण्डौ – सबै दलहरुले आ-आफ्नो अडान राखेपछि सत्ता गठबन्धनकाे बैठकमा कुनै निष्कर्ष निस्कन सकेन । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा निष्कर्षविहीन बनेकाे हाे ।
समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीले आजको बैठकमा रिपोर्टिङ गर्ने काम भएको बताए । ‘केही ठाउँको रिपोर्टिङ गर्न बाँकी थियो । आजको बैठकमा त्यो भयो । अब भोलि बसेर सिटको बाँडफाँटबारे निर्णय गर्छौं’ उनले भने । आ–आफ्नै अडान कायम राखे पनि बैठकमा दाबी प्रस्तुत गर्नुको आधार र जित्न सकिने अवस्थाका विषयमा अध्ययन गरेर समितिले निर्णय गर्ने पुरीको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेको दल नेकपा माओवादी केन्द्रले १ महानगर र ४ उप-महानगरपालिकामा दाबी गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उप–महानगरपालिकामा दाबी गरेको हो । त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उप – महानगरपालिमा आ – आफ्नै अडान कायम राखेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar