काठमाण्डौ – चितुवाको छालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका – ७ गल्फुटारबाट चार जनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।
दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित गेष्ट हाउसबाट चार जनालाई पक्राउ गरिएकको हो ।
पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका – ७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका – ९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका – ५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका – ५ घर भई हाल भक्तपुर चागुनारायण – ५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका – ४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar