पोखरा – आगामी स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा प्रदेश सांसद तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले पनि दाबी गरेका छन्।
मंगलबार एमाले महानगरपालिका कमिटीले मेयर र उपमेयरको आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा सांसद पहारीले पनि मेयरमा आफ्नो दाबी गरेका हुन्। पहारीसहित १२ जनाले र उपमेयरमा ११ जनाले आकांक्षा राखेका छन् । मेयरका अन्य आकांक्षीहरुमा प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मिनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन् ।
हालका मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले भने आगामी कार्यकालका लागि कुनैपनि पदमा दावी गरेका छैनन् । महानगर कमिटीले मेयर पदका आकांक्षीहरुलाई तीन हजार रुपैयाँ सहित मनोनयन दर्ता गरा गराउन भनेको थियो । अब दाबी गरिएका १२ जना मध्य छानेर महानगरपालिका कमिटीले मेयरका लागि दुई पुरुष र एक महिलाको नाम पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने र केन्द्रीय कमिटीले उमेद्वार छान्नेछ ।
त्यस्तै पोखरा महानगरको उपप्रमुखका लागि भने ११ जनाले दावी गरेका छन् । उपमेयरका अन्य आकांक्षीहरुमा शुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्री रहेका छन् ।
आकांक्षीहरुबीच सहमतिको प्रयास गर्ने र सहमति नभए मतदानबाट ३ जनाको नाम छनोट गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने महानगरपालिका कमिटीले जानकारी दिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar