धादिङ – धादिङको सिद्धलेक गाँउपालिका अध्यक्षले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता भएपनी उपाध्यक्षले प्रयोग गर्दै आएको सरकारी सवारी र ल्यापटप फिर्ता भएको छैन ।
मंगलवार गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवालले पुनः अध्यक्षमा उठेको भन्दै आफुले प्रयोग गर्दै आएको सरकारी गाडी प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मालाई चावी हस्तान्तरण गरी फिर्ता गरेको जानकारी गराएका हुन् । गत २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित् गाँउपालिका अध्यक्ष सिलवाल र उपाध्यक्ष शर्मा आगामी स्थानिय तह निर्वाचनमा सर्वसम्मत् रुपमा उम्मेदवारमा सिफारिस भएका छन् । सोहि कारण अध्यक्ष सिलवालले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेको र निजी मोटरसाईकल प्रयोग गर्ने योजना बनाएको बताएका छन् । अध्यक्ष सिलवालले बा २ झ ३८१२ नं.को सरकारी बोलेरो जीप प्रयोग गर्दै आएका थिए ।
उता अध्यक्ष सिलवालले सरकारी गाडी फिर्ता गरीसक्दापनी उपाध्यक्ष कमला शर्माले भने उनले प्रयोग गर्दै आएको सरकारी सवारीे फिर्ता गरेकी छैनन् । सिलवालसंगै गाँउपालिका अपाध्यक्षमा पुनः सिफरिस भैसकेकी शर्माले उनले प्रयोग गर्दै आएको सरकारी नं.प्लेटको स्कुटर फिर्ता नगरेको गाँउपालिका स्टोर शाखाका कर्मचारीले बताएका छन् ।
यद्धपी अहिले नै सवै कुरा फिर्ता गर्नुपर्ने भन्ने नभएको र उम्मेदवारी दिने दिन सम्ममा फिर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था भएको उनले बताए । त्यस्तै उपाध्यक्षको नाँउमा नाँउमा रहेको बा.२ ब. ७८५३ नं. को स्कुटर र डेल कम्पनीको एक थान ल्यापटप पनी रहेको उनले बताए ।
शर्माले आफुले प्रयोग गर्ने भनी स्टोर शाखाबाट बुझेको उक्त स्कुटर उनका श्रीमानले प्रयोग गर्ने गरेकोसमेत श्रोतले बताएको छ । यद्धपी शर्माका श्रीमान पनी उक्त गाँउपालिकाको कानूनी सहजकर्ता हुन् । सोहि कारण पनि उक्त स्कुटर शर्माको श्रीमान रामचन्द्र अधिकारीले प्रयोग गर्ने गरेको श्रोतले बतायो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar