काठमाण्डौ – एकैवर्ष साढे ३४ प्रतिशतले आयात बढेको कारण अर्थतन्त्र शिथिल बन्दै गरएको चेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले बताएका छन । चालु वर्षको आठ महिनामा १ खर्ब ४७ अर्बको निर्यात र १३ खर्ब ८ अर्ब रुपैयाको आयात हुनुले अर्थतन्त्रका लागि नकारात्मक सन्देश दिएको उनको भनाई छ ।
चेम्बरको ७१औं वार्षिक सभामा मल्लले सो कुरा बताउदै उच्च मूल्यका नयाँ–नयाँ वस्तुको निर्यात गर्नु, वस्तुगत तथा बजारगत विविधिकरणको नयाँ रणनीतिका साथ अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच बढाउनु जरुरी रहेको बताएका थिए । ८ महिनामा व्यापार घाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भएर ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यो अवधिसम्म कुल वस्तु व्यापार १४ खर्ब ५६ अर्ब ६४ करोड छ । यसमा आयातको हिस्सा ९० प्रतिशत र निर्यातको १० प्रतिशत मात्रै देखिन्छ । परम्परागत वस्तुको निर्यातले मात्रै यति ठूलो घाटाको सामना गर्न सम्भव नहुने अध्यक्ष मल्लको भनाइ छ ।
कार्यक्रममा सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो समय देखिएको अर्थतन्त्रको समस्यालाई सँगै मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए । सरकार र निजी क्षेत्र मिलेर समस्या समाधान गर्नुपर्ने सभामुख सापकोटाको भनाई थियो । उनले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रहसमेत गरे । कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमशः लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराए ।
कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताए । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्नेमा उनले जोड दिए । उनले उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने धारणा व्यक्त गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar