हुम्ला – हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताहरले ढुंगामुढा गरेका छन्।
शुक्रबार राति गाँउपालिका अध्यक्ष फडेरा नेतृत्वको एमाले कार्यकर्ताहरुले माओवादीनिकटले संचालन गरेको एक होटल र पसलमा तोडफोड गरेको भन्दै माओवादी कार्यकर्ताले शनिबार दिउँसो अध्यक्षको घरमाथी ढुंगामुढा गरेका हुन्।
प्रहरी निरीक्षक दानसिंह भण्डारीले शुक्रबारी रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको र सामान्य ढुंगामुढा गरेको बताए।
स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको छ। ढुंगामुढाबाट उनको घरमा समेत क्षति पुगेको छ ।
माओवादी केन्द्रका कार्यकर्ताले भने शुक्रबार राति अध्यक्ष फडेराको नेतत्वको एमाले कार्यकर्ताहरुले नारा जुलुस गर्दै आफु समर्थकले संचालन गरेको एउटा पसल र होटलमा तोडफेडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका छन्।
त्यसको प्रतिवादस्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुुलीले जनाएको छ । अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ। दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने प्रहरीको दावी छ ।
यद्धपी अहिले जिल्ला समरमुकामवाट थप प्रहरी टोली वोलाईएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar