धादिङ – नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष स्वर्गीय सीताराम प्रसाद वर्माको शालिक अनावरण गरिएको छ ।
कोरोनाका कारण निधन भएका पत्रकार वर्माको सम्झनामा नेपाल पत्रकार महासंघ धादिङले स्थापना गरेको शालिकको शुक्रबार औपचारिक अनावरण गरिएको हो । नीलकण्ठ नगरपालिकाको सहयोगमा महासंघ भवन परिसरमा निर्माण गरिएको शालिकको तल्लो भागमा वर्माले निधन हुनुअघि लेखेका अक्षर जस्ताको त्यस्तै राखिएको छ । अक्षर नबुझिएपनि उनले लेखेका शब्द इतिहासका लागि राखिएको पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले बताए । शर्माले अन्तिम समयमा पनि कलम र कपि बोकेर नै संसारबाट बिदा भएको स्मरण गराए ।
अग्रज पत्रकार वर्माको शालिक अनावरणमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा पनि आएका थिए । अग्रजले गरेका सकारात्मक कामको सबैले अनुशरण गरेर अघि बढ्नुपर्ने उनले बताए ।
केही समयअघि असामयिक निधन भएका स्वार्गीय पत्रकार राजेन्द्र प्रताप शाहको नाममा पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ । वर्माको शालिक अनावरणसंगै अग्रज पत्रकार शाहको श्रद्धाञ्जली सभामा महासंघ धादिङका अध्यक्ष शर्माले शाहको नाममा स्मारिका प्रकाशन गर्ने र ज्वालामुखी गाउँपालिकासंगको सहयोगमा पत्रकारिता पुरस्कार प्रदान गर्ने प्रस्ताव गरिएको जानकारी दिए । शाह महासंघ धादिङका संस्थापक सचिव हुन् । वर्मा पछिको पुर्व अध्यक्ष पनि शाह नै हुन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य ध्रुव रावल, प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारीलगायतले पत्रकारीतामा दिनुभएको योगदान जोगाएर राख्नु पर्ने, ईमान्दारिताको पत्रकारिता सिक्नुपर्ने, समाज परिवर्तनका निम्ति उनीहरूले देखाएको बाटोमा भुल्न नहुने स्पस्ट पारेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar