काठमाण्डौ – चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आएको छ ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक रुपमा बन्दरगाह सञ्चालनको उद्घाटन गरे । वीरगन्जबाट आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको छ । अब व्यवसायीले आयात गरेका वस्तु बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गराउन पाउने भएका छन् ।
सीमास्थित भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी अब सिधै चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न सकिनेछ । सीमाबाट बन्दरगाह भन्सारसम्म महानिर्देशकले तोके बमोजिमको सडक मार्गबाट सामान लैजान आन्तरिक परिवहनको सुविधा दिइनेछ । सुविधा लिन चाहने पैठारीकर्ताले प्रणालीबाटै फारम मुद्रण गरी सीमास्थित भन्सार कार्यालयका अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।
बन्दरगाह नहुँदा सडक – सडकबाटै भन्सार जाँचपास हुने गरेको थियो । अब मालवाहक सबै सवारीसाधन बन्दरगाहभित्र आउँछन्, दर्ता गर्छन्, पार्किङमा जान्छन्, आवश्यक परे तिनले गोदामसमेत प्रयोग गर्छन् । भन्सार प्रक्रिया सुरु हुन्छ, सामानको जाँचपास हुन्छ । भन्सार ‘क्लियर’ भएपछि मालवाहक गाडी बन्दरगाह परिसरबाट बाहिर निस्कन्छन् । भन्सार प्रयोजनका लागि सुव्यवस्थित हिसाबले प्रक्रिया पूरा गर्न बन्दरगाह निर्माण गरिएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar