गुल्मी – बैंक अफ काठमाण्डु (बिओके) ले हेफर नेपालसंगको सहकार्य तथा सम्बन्धीत स्थानीय तहसंगको समन्वयनमा गुल्मीको विभिन्न ग्रामिण स्थान इस्मा, मालिका, मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु संचालन गरेको छ ।
उक्त कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीमा आवद्ध महिलाको उपस्थिती रहेको थियो । ग्रामिण भुभागमा बसोबास गर्ने व्यक्तिलाई बैंकिग तथा वित्तीय जानकारी दिने हेतुले संचालन गरिएको कार्यक्रममा करिब १ सय ५० भन्दा बढिको सहभागिता रहेको थियो ।
बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेलद्वारा सहभागिलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्री सहित जानकारी दिएका थिए ।
हेफर नेपालका प्रतिनिधीले ग्रामीण भुभागमा बैंक र बैंकिग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका थिए । बिओकेको हाल ९७ शाखा कार्यालय, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टर संचालनमा रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar