काठमाण्डौ – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताको लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ ।
यो अफर अन्तर्गत कुनै पनि मि टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मि नोटबुक प्रो अथवा ४० इन्चको मि फोर ए टेलिभिजन जित्न सक्नेछन् । प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ । जसले नयाँँ टिभि किन्न चाहने उपभोक्ताको लागि बजारमा यो भन्दा राम्रो विकल्प नभएको जिकिर गरिएको छ । उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मि मा डबल मज्जा’ अफर ल्याएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यो अफर अन्तर्गत मि टेलिभिजन खरिद गर्नेे एक जना विजेताले लक्की ड्र मार्फत बम्पर उपहारको रुपमा मि नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताले साप्ताहिक लक्की ड्र मार्फत ४० इन्चको मि फोर ए टेलिभिजन जित्न सक्ने उल्लेख छ । यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टिभि हेर्दा पनि अरु टिभिमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ । बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टिभि किने पनि उही फिचर भएकोले सानो टिभि किने पनि ठुलो टिभिमै जस्तो सर्ब फिचर प्रयोग गर्न सकिने उल्लेख छ । यस्को बजारम मुल्य २९ हजार ९ सय देखि सुरु हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar