विराटनगर – मोरङको विराटनगरस्थित नोबेल अस्पताल कार्यरत डाक्टर मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाक्टर बिजय यादब नोबेल अस्पतालकै अगाडि मृत फेला परेका हुन् । मृतक डाक्टर अर्थोपेडिक वार्डमा करिब ३ वर्षदेखि कार्यरत थिए । उनले बंगलादेशमा आफ्नो एमबीबीएस अध्ययन पूरा गरेर आएका थिए । राजविराज सप्तरी स्थायी घर भएका उनी विराटनगरमै बस्दै आएका थिए ।
प्रहरीका अनुसार २८ वर्षका डाक्टर यादव शनिबार बिहानै अस्पताल अगाडि मृत फेला परेका हुन् । डाक्टर बिजयको हत्या भएको भन्दै उनका परिवारको आरोप छ ।यतिबेला मृतक डाक्टरका आफन्तले घटनाका दोसीलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै नारावाजी गरिरहेका छन् ।
यतिबेला प्रहरी घटनास्थलमा पुगिसकेको छ । घटनाको सम्बन्धमा सुष्म अध्ययन हुने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar