काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् ।
प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो भारतको तीन दिने औपचारिक भ्रमणमा गएकाले उनले सम्हाल्दै आएको जिम्मेवारी गृहमन्त्री खाँणलाई दिएका हुन् ।
राष्ट्रपति कार्यालयबाट शुक्रबार दिउँसो जारी विज्ञप्ति अनुसार प्रधानमन्त्रीको अनुपस्थितीमा उनले गर्ने दैनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाँणले सम्हाल्ने छन्।
प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar