काठमाण्डौ – एनएलजी इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश पारित गरेको हो । १० प्रतिशत बोनस सेयर पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै, सभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित गरेको छ । सभाले सर्वसाधारण लगानीकर्ताबाट प्रतिनिधित्व गर्ने शालिनी राणा शाह र डा. भरत कुमार थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब १२ करोड रुपैयाँ कूल बीमाशुल्क र ६८ करोड ७७ लाख रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, सोही वर्षमा इन्स्योरेन्सले साढे २० करोड रुपैयाँ बराबरको खुद नाफा गरेको थियो । इन्स्योरेन्सको कूल लगानीसँगै कूल कारोबार रकम पनि बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको कूल लगानी ११ प्रतिशतले बढेको छ भने कारोबार रकम १७.७३ प्रतिशतले वृद्धि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar