काठमाण्डौ – काठमाण्डौको महांकालमा ग्यास बुलेट ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ, ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका – १ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमति प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले ठक्कर दिएको थियो । चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar