काठमाण्डौ – पाँच दलीय सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा ५ दलहरु मिलेर निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए।
उनले स्थानीय तहको निर्वाचनमा तालमेल गर्नका निमित्त अब निमित्त गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाउने र उक्त संयन्त्रले आफ्नो पार्टीको विवरण बुझाएपछि स्थानीय तहको निर्वाचनमा गठबन्धनको तालमेलमा सहभागी बन्ने बताए।
मन्त्री कार्कीले बैठकमा सहभागी गठबन्धनका नेताहरुले भोलि (शुक्रबार) भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमण सफलताको शुभकामना दिएको पनि बताए। भ्रमणमा प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता – जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देशबीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कुटनीतिक पहल गर्ने बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar