काठमाण्डौ – सरकारले गोरखापत्र संस्थानमा लामो समयदेखि रिक्त रहेको महाप्रवन्धक पदमा लाल ऐरी र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुटारमा बिहीबार बसेको मन्त्रीपरिषद्का बैठकले सो निर्णय गरेको बालुवटार श्रोतले जानकरी दिएको छ । त्यसैगरी न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगिता खड्कालाई नियुक्त गरेको छ । गोरखा पत्रका ऐरि यस अघि कान्तिपुर टिभिमा कार्यरत थिए, भने कांग्रेस निकट प्रेस युनियनका सूदुर पश्चिम प्रदेश प्रमुख हुन् । त्यसैगरी खड्का माओवादी निकट प्रेस सेन्टर सम्वद्ध छन् ।
सरकारले गोराख पत्र संस्थानको महाप्रवन्धका लागि दरखास्त आव्हान गरेको थियो । जसमा दर्जन भन्दा बढिले आवेदन दिएका थिए । बिहीबारको मन्त्रीपरिषद्को बैठकमा आगामी स्थानीय निर्वचनमा सत्ता संलग्न ५ दलको गठबन्धनका बारेमा छलफल भएको स्रोतले बतायो ।
त्यसैगरी बैठकले लामो समय देखि अड्केर बसेको यौन हिंसा र तेजाव आक्रमणविरुद्ध दुई अध्यादेश समेत ल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले यौन हिंसा र एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar