गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले डुबान क्षेत्रमा पर्ने घर, गोठ, बोटबिरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा वितरणको माग गरेको छ ।
आयोजनाको वातावरण, मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाइमा मंगलबार १५ बुँदे माग राख्दै समितिले एक साताभित्र सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिएको हो ।
समितिले डुबान क्षेत्रमा पर्ने बाँकी जग्गाधनीको तत्काल मुआब्जा वितरण गर्न, ऐलानी जग्गामा बसोबास गर्नेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार मापदण्ड बनाएर मुआब्जा दिन, दर्ता छुट भएका जग्गाको भोगचलनलाई आधार मानेर मुआब्जा दिन पनि माग गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar