काठमाण्डौ – आज (बुधबार) सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बढेकाे छ ।
एक सातापछि आज बढेकाे ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो । २६०० बिन्दुमा तलमाथि गरिरहेको बजार त्यो भन्दा पनि तल गिरेपछि निराश भएका शेयर कारोबारीको अनुहार आज भने नेप्सेले उज्यालो बनाएको छ ।
नेप्से चैत ९ गते बुधबारदेखि नै घट्दो क्रममा थियो । नेप्सेमा सो दिन २०.३४, बिहीबार १६.६९, आइतबार ४१, सोमबार २९.९८ र मंगलबार १४ अंकको गिरावट आएको थियो । बुधबार भने बजार दोहोरो अङ्कले बढेको हो ।
आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ । नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् । अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो ।
आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सकारात्मक सर्किट लाग्दै सो कम्पनीको शेयरमूल्य १०१ रुपैयाँ २० पैसाले बढेर १ हजार ११३ रुपैयाँ ५० पैसा पुगेको छ । युनिलिभर लिमिटेडको शेयरमूल्य भने १८ रुपैयाँ ८० पैसा घट्दै ९२१ रुपैयाँ २० पैसामा झरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar