काठमाण्डौ – नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम १ लाख रुपैया ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ ।
स्व. खातुनले नेपाल बैंकको, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएका थिए । उनको गत कात्र्तिक ६ मा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा रही बैंकिग सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।
हाल बैंकले १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ एटिएम बाट बैंकिग सुविधा दिँदै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar