काठमाण्डौ – आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिनको तुलनामा छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्दै बुधबार ९८ हजार ८०० रुपैयाँमा झरेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले नै घट्दै ९८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने बुधबार अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले मात्र घट्दै एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar