सल्यान – सडक निर्माणको दुई तीनबर्ष पछि प्राय गाडीहरु सञ्चालन हुन्छन् । सल्यानमा भने सडक निर्माण थालनी भएकोे करिव तीनदशक पछि यातायात सञ्चालनमा आएको छ । प्रदेश राजधानीजोड्ने वैकल्पिक सडकको रुपमा रहेको त्रिवेणी कालीमाटी सडक निर्माण सुरु गरिएको २८ बर्षपछि सञ्चालनमा आएको हो ।
मंगलबार नेकपा (एकिकृत समाजबादी) का उपमहासचिव तथा प्रदेशसभा सदस्य प्रकास ज्वालाले सडकको उद्घाटन गरेसँगै सो सडकमा यातायातका साधनहरु सञ्चालनमा आएका हुन् । २०५० सालमा त्रिवेणी गाउँपालिकादेखि कालीमाटी गाउँपालिकाको रामपुर सडक खण्डको काम पुरा भएसँगै यो मार्ग सल्यानलाई प्रदेश राजधानी सुर्खेतसँग जोडिने भएपछि स्थानीयहरु खुशी भएका छन् । यस सडकले जिल्लाका छत्रेश्वरी, कपुरकोट र त्रिवेणी गाउँपालिकालाई सिधाजोड्ने छ ।
कडा चट्टानका कारण निर्माण गर्न लामो समय लागे पनि अवभने सहजहुने त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताए । ‘सडक निर्माण कार्य ढिला सम्पन्न भयो तर पनि यस सडक महत्वपुर्ण भएकोले यसले यहाँको विकासमा ठुलो भुमिका खेल्ने छ,’ उनले भने । कुल २७ किलोटिर रहेको यस सडकको काम पुरा भएपछि सल्यान र प्रदेश राजधानी सुर्खेत जोडने वैकल्पिक मार्ग समेत भएको पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए । सडक सञ्चालनमा आइसकेपछि यसको स्तरोन्नतीको कामपनि अगाडी बढेको उनले जानकारी दिए । ‘अहिले सडक सञ्चालनमाम आएपछि सडक ग्राभेलका लागि १५ करोड रुपैयाँको टेन्डर आह्वान गरिएको छ । यस्तै लुहामदेखि ११ किलोटिर सडक कालोपत्रेका लागि ३५ करोड रुपैयाँको टेन्डर भइसकेको छ,’ पुनले भने ।
सडकको उद्घाटन गर्दै कर्णाली प्रदेशका पुर्वआर्थिक मामिला तथा योजना मन्त्री एवम नेकपा (एकिकृत समाजवादी)का उपमहासचिव ज्वालाले यो सडक निर्माण कार्य पुरा भएसँगै सहज रुपमाचार गाउँपालिकाका वासिन्दालाई आवतजावत गर्न सहजहुने बताए । ‘यस क्षेत्रका वासिन्दा सुर्खेत जानुपर्दा लुम्वनी प्रदेशको दाङहुदै जानुपर्ने बाध्यता थियो अव यो सिधा सडक सूचारु भएपछि सहज हुनेछ,’ उनले भने । यस सडकलाई राजधानीसँग जोड्ने वैकल्पिक सडकको रुपमा विकास गरिने पनि उनले जाकानरी दिए ।
‘खलंगा, कुपिण्डे बालुवासंग्रहीहुदैँ प्रदेश राजधानी जोड्ने सडक जिल्लाको महत्वपुर्ण र गौरवको सडक हो त्यसले नागरिकलाई केही सहजबनाएको छ’ उनले भने, ‘लुहामकाभ्रा कालिमाटी सडक अर्को महत्वपुर्ण सडक सञ्चालनमा आएको छ, यसलाई स्थानिय उत्पादनलाई निर्यात गर्ने सडकको रुपमा विकास गरिनुपर्छ, पर्यटन क्षेत्रको विकासमा समेत यसले टेवापु¥याउने छ ।’ उनले यस सडकलाई जिल्लावासीले आर्थिक उपार्जनको क्षेत्रमा उपयोग गर्नुपर्ने बताए । सडकको स्तरोन्नतीको लागि आफुले पहल गर्ने बारे उनेलले आश्वस्त पारे । सडकको विकास विना अन्य क्षेत्रको बिकास असम्भव भएकाले सरकारले पनि प्राथामिकता दिएको उनले बताए ।
सडक उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्षमान बहादुर डाँगी, कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी, कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीमप्रकाश शर्मा, पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख विनोद पुन लगाएतको उपस्थितिे थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar