काठमाण्डौ – नेपाल इन्भेष्टमेट बैंकमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ ।
केहीदिन अघि विभागको टोलीले बैंकको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार केही वर्षअघि बैंकले जारी गरेको एफपिओमा अर्बौं राजश्व छली गरेको पाइएपछि विभागले छापा मारेको हो । बैंक स्रोतका अनुसार केही वर्ष अघि बैंकले सेयरको नयाँ निष्काशन (एफपिओ) जारी गरेको थियो । सोही आइपिओमा ठूलो घोटाला भएको आरोप छ ।
बैंकले १०० रुपैयाँ अंकित दरको शेयरमा ५०१ रुपैयाँ प्रिमियम जोडेर ६०१ प्रति कित्ता शेयर जारी गरेको थियो । त्यतिबेला बैंकले ९० ल ाख ६९ हजार ३८८ कित्ता सेयर जारी गरेको थियो । राजश्वको छापापछि बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई ठूलो छटपट भएको छ । उनले विभिन्न शक्ति केन्द्र मार्फत सरकारी कर्मचारीमाथि दबाव सिर्जना गराउन लागि परेका छन् ।
छानबीन प्रभावित पार्न बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे समेत लागेका छन् । करोडौंको रेन्जरोभर गाडीमा पाण्डे शक्तिकेन्द्रको घरसम्म धाउने गरेको स्रोतको दाबी छ । शक्ति केन्द्रलाई प्रभावमा पार्न दौडधुपमा लागेका सिइओ पाण्डेको नम्बरमा फोन गर्दा उनको मोबाइल स्विच अफ छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar