चितवन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुल्ला राजनीतिमा आउन चेतावनी दिएका छन् ।
मंगलवार, भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राप्रपालाई रिमोट कन्ट्रोलबाट चलाउन खोजेको आरोप लगाउँदै पूर्वराजा शाहलाई दल गठन गरेर प्रतिष्पर्धामा आउन चुनौती दिएका हन् ।
कार्यक्रममा बोल्दै थापाले ज्ञानेन्द्र शाहकै कारण राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुने अवस्थामा पुगेकोसमेत बताए । थापाले पूर्वराजासँग २०७३ सालपछि संविधान च्यातेर राजसंस्थाको पक्षमा विद्रोह हुन थालेपछि तिक्तता बढेको बताए ।
‘रिमोट कन्ट्रोलबाट पार्टी चलाउनुभन्दा आफै सक्रिय भएको राम्रो’, थापाले भने – ‘ज्ञानेन्द्रले पार्टी खोले म पनि जान्छु । स्रोत साधन पनि हुने, बलियो पनि हुने । तर त्यसले राजसंस्था पुर्नस्थापनाको ढोका बन्द हुन्छ ।’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar