काठमाण्डौ – समाजवादी प्रेस संगठनको विस्तारित बैठक सम्पन्न भएको छ ।
हिजो शनिवारदेखी काठमाण्डौमा सुरु भएको संगठनको दुईदिने प्रथम विस्तारित बैठक विधान पारित गर्दै आज सम्पन्न भएको हो । देशभरबाट संगठनका संस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक गरी ३५० जना सहभागी विस्तारित बैठकले २० बुँदे प्रस्तावसमेत पारित गरेको संगठनका अध्यक्ष शम्भु श्रेष्ठले जनाएका छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समापन गरेको विस्तारित बैठकको उद्घाटन सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले गरेका थिए । अध्यक्ष नेपालले प्रतिगमन अझै पनि पुर्णरुपमा सच्चिन बाँकी रहेकोले लोकतन्त्र र संविधानका पहरेदार देशभरका पत्रकारहरुलाई समाजवादी प्रेस संगठनमा गोलबन्द भइ आ – आफ्नो ठाउँबाट प्रभाबकारी भूमिका निर्वाह गर्न आह्वान गरे ।
बैठकले महासचिव भुपराज खड्काले पेश गरेको संगठनात्मक प्रतिवेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । संगठनका अध्यक्ष एवं वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको विस्तारित बैठकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं मोर्चा संगठनका प्रमुख डा. विजय पौडेल, उपमहासचिव एवं केन्द्रिय प्रचार विभागका प्रमुख जगनाथ खतिवडालगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा पत्रकार खेम भण्डारीद्वारा लिखित पुस्ताक ‘हावामहलको कुशल कारिगर’ नामक पुस्तकको बिमोजन, कलम डटकमडटएन्पीको शुभारम्भ र २ वटा चुनावी गितहरुको सार्वजनिक समेत गरिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar