पर्वत – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आगामी स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन् ।
शनिवार, पर्वत जिल्लाको विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन पर्वत आएका नेता बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने स्पष्ट पारेका हुन् । उनले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा ९माओवादी केन्द्र० सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा रहेकोसमेत बताए ।
निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उनले निर्वाचनमा सक्रिय भएर होमिन पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar