सर्लाही – जनता समाजवादी पार्टी (जसपा नेपाल)का प्रमुख सचेतक एवं केन्द्रीय सदस्य प्रमोद साहमाथि स्थानियवाट आक्रमण भएको छ ।
आज शनिवार बिहान १० वजे सांसद साहमाथि सर्लाहीको ईश्वरपुर नगरपालिका बयलबास बजारमा संघातिक आक्रमण भएको हो । आक्रमणबाट साह घाइते भएको उनका आफन्त अनिल साहले बताए । उनका अनुसार सांसद शाहको साथमा रहेका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । गार्डको पेस्तोल पनि खोसिएको उनले बताए ।
क्लबको भवन बनाउने विषयमा झडप हुँदा सांसद साहमाथि आक्रमण भएको बताइएको छ । शनिबार बिहान, इश्वरपुर नगरपालिका ६ बयलवासमा फुलझरी युवा क्लब बनाउने नबनाउने विषयमा झडप भएको हो ।
झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको इलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । साहको टाउकोमा २०/२५ वटा टाँका लगाइएको पनि उनले बताए ।
घाइते भएका सांसद साह र अंगरक्षकको स्थानीय अमित हेल्थकेयरमा उपचार भइरहेको छ भने थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाउने तयारी रहेको रहेको उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar