कलैया – नेकपा एमालेबाट निर्वाचित् कलैया उपमहानगरका एक जनप्रतिनिधीलाई बैंकिङ कसुर मुद्दामा प्रहरीले पक्राउ गरेको छ ।
आज शुक्रवार, बारा प्रहरीले कलैया उपमहानगरपालिका – १४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद जयसवाललाई पक्राउ गरेको हो । तीनवटा छुट्टाछुट्टै बैंकिङ कसुर मुद्दा जनही २०, १० र आठ लाख गरी ३८ लाख ठगी गरेको आरोपमा निज वडाध्यक्षलाई कलैया बजारबाट आज पक्राउ गरिएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
पक्राउ परेका जयसवाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको थापाले बताए । जयसवाल २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट निर्वाचित भएका थिए । हाल उनी बारा निर्माण व्यवसायी संघको अध्यक्ष हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar