सेन्ट पीटर्सबर्ग – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी जेठी छोरी डा. मारिया वोरन्तसोवा (३६) को विवाह टुटेको डेली मेललेजानकारी दिएको छ । यो खबर त्यतिबेला आएको हो जब पुटिन युक्रेनसँग युद्धको विषयमा लगातार चर्चामा छाइरहेका छन् ।
ग्ल्यामरस डा. भनेरसमेत चिनिने मारिया, रसियाली राष्ट्रपति जासुसको रुपमा काम गरिरहेका बेला जन्मिएकी थिइन् । उनी बालबालिकामा हुने दुर्लभ आनुवंशिक रोगकी विशेषज्ञ हुन् । जानकारीका अनुसार मारियाले आफ्ना डच व्यापारी श्रीमानसँग सम्बन्धविच्छेद भएको छ । यी दुईका दुई सन्तान छन् ।
निर्वासित रुसी खोज पत्रकार सर्गेई कानेभले युक्रेनसँगको युद्धका कारण पुटिनले ‘आफ्नी जेठी छोरीको लागि असाध्यै खराब काम गरे’ भनेका छन् । उनले खुलासा गर्दै भने, ‘सेन्ट पीटर्सबर्ग नजिकैको अत्याधुनिक मेडिकल सेन्टर निर्माणको मेगा–प्रोजेक्टमा उनको अत्यधिक सेयर छ ।’
‘उक्त योजनाको उद्देश्य भनेको युरोप र पर्सियन गल्फ देशका धनाढ्य शिखलाई आकर्षित गर्नु थियो ।’ ‘र अहिले, युक्रेनमाथिको आक्रमणपश्चात् कस्ता खालका युरोपियन र सिख आउलान् त ?’ क्रेमलिनमा हुने गरेको भ्रष्टाचार सम्बन्धि सामग्री प्रकाशन गरेपछि प्रतिबन्धित भएको द इन्साइडरका निर्वासित सम्पादक रोमन दोब्रोखोतोभले पनि आफ्नो सोसल मिडियामा पुटिनकी छोरी आफ्ना डच व्यापारी श्रीमान् जोरिट फासेनसँग छुट्टिइसकेको जानकारी दिए ।
उनले यी दुईको कहिले सम्बन्धविच्छेद भयो भनेर थप जानकारी भने दिएनन् । यद्यपि, युद्ध सुरु हुन अघि यी दुई छुट्टिएको बताइन्छ । पुटिनले कहिल्यै पनि आफ्ना सन्तान र उनीहरुको नीजि जीवनबारे कुनै पनि जानकारी सार्वजनिक गर्ने गरेका छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar