कठमाण्डौ – सरकारले आगामी बैशाख ३० गतेका लागी स्थानिय तह निर्वाचनको मिती घोषणा गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुले पनि चुनाव केन्द्रीत गतिविधिलाई तिव्र बनाएका छन् । दलका नेताहरु अहिले चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँमा पुगेका छन् ।
एकातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन् भने अर्कोतिर चुनावी तालमेल कसरी बनाउने भन्नेमा कसरत गरिरहेका छन् । उता चुनावी तालमेलबारे अहिलेसम्म स्पष्ट तस्बीर आईनसकेपनि दलका नेताहरुमा वर्तमान सत्तागठबन्धनलाई नै निरन्तरता दिने वा पुनःबाम तालमेलका विषयमा जोडबल गर्ने भन्नेमा अन्यौलता छाएको पाईएको छ ।
गत २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपनि सफल हुन सकेको थिएन । उता स्थानीय तह निर्वाचनपछि भएको संघीय र प्रदेश तह निर्वाचनमा पनि मुलुकका दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल भने सफल भउको दावी गरिएको थियो । दुई दलको गठबन्धनले संघीय संसदमा झण्डै दुईतिहाई बहुमत ल्याउनुका साथै सात प्रदेशमध्ये ६ वटा प्रदेशमा सुविधाजनक बहुमतसहित सरकार पनि बनायो ।
चुनावी तालमेल सफल भएसंगै दुईदलबीच पार्टी एकता भई नेकपा बनेपनि संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितले गत फागुनमा नेकपा भंग भयो । यसकै असरले गत भदौमा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन भयो । संसद विघटनपछि उत्पन्न राजनीतिक उतारचढाव जारी रहँदा सरकारले आगामी बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा पुनःवाम एकताको बहस सुरु भएको छ । सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसंग तालमेल हुनसक्ने संकेत गरेका छन् ।
उता माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति एमाले नेताहरुको प्रतिक्रिया सकारात्मक नदेखिएपनि पुनः एमाले र माओवादीबीच बाम तालमेल हुनसक्ने शंकेत गरेको छ । बाम तालेमलको विषयमा प्रचण्डले चासो दिईरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने तालमेलको बहस अनावश्यक भएको टिप्पणी गरेका छन् । उता ओली र ओली निकटका केहि नेताहरुले बाम तालमेलको बहसलाई अनावश्यक ठानेपनि एमालेपंती भित्रभने त्यसवारे छलफल सुरु भएको एमाले श्रोतले बताएको छ ।
यद्धपी बाम दलका शीर्ष नेताहरुका परस्परविरोधी अभिव्यक्तिले तत्काल बाम एकता हुने सम्भावना कम देखिएको एमाले निकटकै केहि श्रोतले बताउँछ । दुबै दलका कतिपय नेताहरुले आगामी निर्वाचनमा बाम तालमेलको सम्भावना रहेको पनि बताएका छन् ।
गत ०७४ सालको निर्वाचनमा पनि नदीका दुई किनारा जस्तै रहेका एमाले र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप, आलोचनाकैबीच चुनावी तालमेल र पार्टी एकता भएको थियो । विगतका राजनीतिक घटनाक्रमलाई हेर्दा आगामी दिनमा पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच राजनीतिक स्वार्थ मिले जुनसुकै बेलापनि बाम एकता हुने राजनीतिक क्षेत्रका जानकारहरुको दाबी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar