काठमाण्डौ – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको बाकसमा जिरो मत बनाउनुपर्ने बताएका छन् ।
शनिवार, पार्टीको गुल्मी – काठमाडौं सम्पर्क मञ्चले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले संविधानको उल्लंघन गर्ने ओलीलाई बाकसमा जिरो मतदान गरी सवैभन्दा ठुलो कारवाही गर्नुपर्ने बताएका हुन् । उनले भने – ‘कमरेडहरु, अव सजाय दिने बेला आएको छ । अव यो आउने निर्वाचनमा केपी ओलीले सबभन्दा ठूलो साजय पाउनुपर्छ । र, उनको बाकसमा जिरो मत पाउनु पर्छ।”
ऐन उलंघन हुँदा एउटा नागरिकले जेलमा कैदीको रुपमा जीवन बिताउनुपर्ने तर संविधान उलंघन गर्दा पनि केपी ओलीले सजाय नपाउने अवस्था रहन नहुने भन्दै नेपाली जनताले उनलाई निर्वाचनको माध्यामबाट सजाय दिनुपर्ने बताए ।
नेता खनालले आगामी निर्वाचनमा केपी ओलीले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने दावी गर्दै उनको बाकसमा ‘जिरो’ मत हुनुपर्ने बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar