काठमाण्डौ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं १० ले आज आयोजना गरेको ‘पार्टीको संरचना र वर्तमान दायित्व तथा एमसिसी’ विषयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिन वर्तमान गठबन्धन सरकार निर्माण भएको बताए ।
‘केपी ओली सरकारले जनताबाट पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि मुलुकलाई निकास दिन कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो’, उनले भने । गठबन्धन सरकार कांग्रेसको चाहना नभई मुलुकलाई निकास दिनका लागि बनेको उनको भनाइ थियो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीको कार्यकर्ताको भावनालाई बुझेर गठबन्धनबारे निर्णय लिने बताए । उनले हरेक राजनीतिक परिवर्तनको नेतृत्वकर्ता कांग्रेस भएको बताउँदै कांग्रेसले देशलाई संकट पर्दा निकास दिँदै आएको उल्लेख गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar