काठमाण्डौ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैकिङ सेवालाई विस्तार गर्ने क्रममा इ केवाइसी सेवा संचालनमा ल्याएको छ ।
बेंकको १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई केवाईसी सेवा संचालनमा ल्याएको हो । यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिग एपमा उपलब्ध गराईएको लिंकमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् ।
आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्र्ने बैकले बताएको छ । अनलाइन सेवाको प्रयोग गरि ग्राहकले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी। अध्यावद्यिकको निवेदन दिन सक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar